मोक्षमा सिलोङको ब्यान्ड

- साप्ताहिक संवाददाता

फाल्गुन ४, २०७५

भारत सिलोङको सोलमेट ब्यान्ड नेपालमा १० वर्षपछि पाइला टेक्दैछ । सोलमेटले आज शनिबार झम्सिखेलस्थित मोक्षमा दर्शकहरूसामु ब्लुज, ब्लुज रक, सोल, रक एन रोल, फंक एन्ड आर एन्ड बीजस्ता गीतमार्फत दर्शक झुमाउनेछ । 

यो कार्यक्रमको अग्रिम टिकट बुक गर्दा १ हजार ४ सय ९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ भने ढोकैमा खरिद गर्दा १ हजार ७ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ । 

क्लब डेजाभूमा डच डिजे

स्टेज कार्यक्रममा मेस्टो नामले परिचित मेले स्टोम्प डच इलेक्ट्रोनिक म्युजिसियन हुन् । ११ वर्षको उमेरदेखि ड्रम बजाउन थालेका मेले रेकर्ड प्रोड्युसर तथा रिमिक्सर समेत हुन् । 

२० वर्षीय मेस्टो हिजो र आज दरबारमार्गस्थित क्लब डेजाभूमा झुल्किँदैछन् । रोड टु रिलुप म्युजिक फेस्टिभल शीर्षकको उक्त कार्यक्रम क्लब डेजाभू तथा ६१ लाइभ 

नेपालको संयुक्त आयोजनामा हुन लागेको हो ।

लाजिम्पाटस्थित त्रिसारामा अल्ब्याट्रोस ब्यान्डले आज साँझ लाइभ प्रस्तुति दिँदैछ ।

 

प्रकाशित :फाल्गुन ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्