एकपटकको चार्जमा ८ सय किलोमिटर 

- साप्ताहिक संवाददाता

फाल्गुन ३, २०७५

वैज्ञानिकहरूले एकपटक फुल चार्ज गर्दा ८ सय किलोमिटर दूरी तय गर्ने ब्याट्रीको विकास गरेका छन् ।

अमेरिकाको इलिनोइस युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले विकास गरेको लिथियम एयर ब्याट्रीले हाल प्रचलित लिथियम आयोन ब्याट्रीको तुलनामा १० गुणा बढी ऊर्जा संग्रह गर्न सक्छ र यो हलुका पनि छ ।

यदि यसको व्यवहारिक प्रयोग सम्भव भए भविष्यमा विद्युतीय गाडीको प्रयोगमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । 

 

प्रकाशित :फाल्गुन ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्