बनेपा धानेश्वर हाइक

- साप्ताहिक संवाददाता

फाल्गुन ३, २०७५

भोलि शनिबार हाइक फर नेपालको आयोजनामा बनेपा धनेश्वर हाइकिङको आयोजना हुँदैछ । हाइकिङमा रुचि राख्नेहरू यसमा सहभागी हुन सक्नुहुनेछ । यदि पहिलो पटक जाँदै हुनुहुन्छ भने १ हजार रुपैयाँ तिर्नुपर्नेछ । जसबापत आयोजकका तर्फबाट एउटा टिसर्ट प्राप्त हुनेछ ।

त्यही पैसामा यातायात, फस्र्ट एड किट र गाइडको सुविधा समेत उपलब्ध हुनेछ । हाइकिङमा दोहोर्‍याएर जाँदै हुनुहुन्छ भने ५ सय रुपैयाँ मात्र तिर्दा पुग्छ । भोलिको यो हाइकिङ ४ देखि ५ घण्टाको हुनेछ । 

भेट्ने समय : बिहान ७ बजे

गाडी छुट्ने समय : ७ : ३० बजे

भेट्ने स्थान : भृकुटीमण्डप प्रदर्शनी मार्गको गेट

बोक्नुपर्ने सामान : खाजा, पानी, रेनकोट वा छाता, हल्का जुत्ता तथा हाइकिङ स्टिक ।

प्रकाशित :फाल्गुन ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्