आइजीपी शैलेन्द्रको  उड्यो मनको चरी

- साप्ताहिक संवाददाता

फाल्गुन ३, २०७५

प्रणय दिवसको अवसर पारेर आईजीपी शैलेन्द्र सरदको गीत सार्वजनिक भएको छ । ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको म्यूजिक भिडियो समेत भिडियो सार्वजनिक भएको छ ।  

शैलेन्दले लेखेको सार्वजनिक गीतमा गैरे सुरेशले संगीत दिएका छन् । सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ ।  युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन् ।  

आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याएको ‘शरद २’ एल्बममा यस गीत सहित  ७ वटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिए ।  डेढ दशक भन्दा बढी समयदेखि सांगितिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र शरद हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरिक्षक समेत हुन् ।

उड्यो मनको चरीको म्यूजिक भिडियो :

 

प्रकाशित :फाल्गुन ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्