अब घरेलु श्रृंखला

- साप्ताहिक संवाददाता

फाल्गुन १, २०७५

पछिल्लो एक साता नेपाल पूर्णत: क्रिकेटमय रह्यो । नेपाल एकदिवसीय तथा टी–२० श्रृंखला खेल्न युएई गएको थियो । दुवै श्रृंखलामा नेपालको जित ऐतिहासिक सफलता थियो । श्रृंखलाकै क्रममा धेरै कीर्तिमान पनि बने । त्यस क्रममा नेपाली मिडिया पनि स्वभाविक रूपमा क्रिकेटमय भयो । जति बेला नेपाली टिम युएईबाट काठमाडौं फर्कियो, खेलाडीहरूलाई स्वागत गर्न हजारौं क्रिकेट समर्थक त्रिभुवन विमानस्थल पुगेका थिए । 

समर्थक कति धेरै थिए भने खेलाडीहरूलाई मुस्किल भैरहेको थियो, विशेषत: कप्तान पारस खड्कालाई । त्यसैले उनले सुटुक्क साथीको गाडी चढेर बाहिर निस्कनुपर्‍यो । टिम बससम्म पुग्ने स्थिति पनि थिएन । त्यसअघि पारसले मिडियासँग लामै कुराकानी गरे । आफ्नै ट्विट र फेसबुकबाट पनि उनले सबैलाई धन्यवाद दिए । 

अब एउटै प्रश्न छ— नेपालले आफ्नै भूमिमा कहिले श्रृंखला खेल्नेछ ? अनि कोसँग ? यसको जवाफ पारससँग छ । उनले भनेका छन्, ‘नेपालले अब चाँडै घरमै श्रृंखला खेल्नेछ । त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको टिम कीर्तिपुरस्थित क्रिकेट मैदान निरिक्षण गर्न आउँदैछ ।’ तय छ, जति बेला नेपालले घरमै एकदिवसीय र टी–२० सिरिज खेल्नेछ, त्यति बेला दर्शकहरू उर्लनेछन् । दर्शकको यस्तो क्रेज नेपालबाहेक अरू क्रिकेट खेल्ने देशतिर विरलै पाइन्छ ।

 

प्रकाशित :फाल्गुन १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्