लण्डनमा पूजाको मन सम्हाल्दै सोनम

- साप्ताहिक संवाददाता

माघ २९, २०७५

 

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन बेलायतको राजधानी लण्डनबाट सुरु भएको छ । करिब ५० दिनको छायांकन सेड्यूलको साथमा चलचित्रका कलाकार र निर्माण टिम केही दिन अघि मात्र लण्डन पुगेको थियो । छायांकन अगाडि चलचित्रका कलाकार र टिमले क्यामेरा पूजा गरेका थिए ।

पूजा सकेर चलचित्रको छायांकन सुरु गरिएको हो । अभिनेत्री पूजा शर्मा र नव–नायक सोनम तोप्देनले पहिलो सर्ट दिएका छन् । चलचित्रमा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारले पनि शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । 

निर्देशक सुदर्शन थापाले लण्डन, स्कटल्याण्ड र वेल्समा चलचित्रको छायांकन हुने बताएका छन् । एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ ।

अमित बस्नेतको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । चलचित्रमा परि राना र अजितकुमार थापाको सह–निर्माण रहने छ ।

अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा महेश दवाडीको कथा छ । त्रिकोणात्ममक प्रेमकथामा यो चलचित्र तयार हुनेछ । 

प्रकाशित :माघ २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्