उत्कृष्ठ हिन्दी/उर्दू प्रेम गीत गीत

- साप्ताहिक संवाददाता

माघ २८, २०७५

दुनियाँ किसीके प्यार में 

स्वर : मेहन्दी हसन 

दुनियाँ किसीके प्यार में जन्नत से कम नही... गजल अत्यन्त रोमान्टिक छ । मेहन्दी हसनको स्वरको यो गजल आज पनि उत्तिकै कर्णप्रिय मानिन्छ । 

मेरे प्यार कि उम्र हो इतनी सनम

स्वर : लता मंगेशकर तथा मनमोहन सिंह 

संगीत : उत्तम–जगदिश 

हिन्दी चलचित्र वारिसको यो रोमान्टिक गीतमा अभिनेता राज बब्बर तथा अमृता सिंहले अभिनय गरेका छन् । रोमान्टिक हिन्दी गीतको अग्रपंक्तिमा आउने यो गीत गीत–गजल रेस्टुराँमा पनि उत्तिकै रुचाइन्छ । 

पल पल दिलके पास

स्वर : किशोर कुमार 

संगीत : कल्याणजी–आनन्दजी

हिन्दी चलचित्र ब्ल्याकमेलको यो गीतमा धर्मेन्द्र तथा राखीले अभिनय गरेका छन् । युट्युबमा झन्डै ४ करोड पटक हेरिएको यो गीतको शब्द नै रोमान्टिक छ । 

तु मेरे सामने है 

स्वर : मोहम्मद रफी 

संगीत : मदन मोहन

सन् १९६४ मा प्रदर्शनमा आएको हिन्दी चलचित्र सुहागनमा समाविष्ट गरिएको यो गीतमा गुरु दत्त तथा माला सिन्हाले अभिनय गरेका छन् । 

मेरा दिल भि कितना पागल है 

स्वर : कुमार सानु

संगीत : नदीम–श्रवण

हिन्दी चलचित्र साजनमा समावेश यो गीतमा सञ्जय दत्त तथा माधुरी दिक्षितले अभिनय गरेका छन् । युट्युुबमा २ करोडभन्दा बढी पटक हेरिएको यो गीतका रिमेक भर्सन पनि उत्तिकै लोकप्रिय छन् । 

आज जानेकी जिद ना करो

स्वर : फरीदा खानुम

यो पुरानो हिन्दी गजल पनि निकै रोमान्टिक छ । यो गजलको लिरिकल भिडियोले युट्युबमा राम्रो भ्युज पाएको छ । 

चुरा लिया है तुमने जो दिलको 

स्वर : आशा भोसले तथा मोहम्मद रफी 

संगीत : आरडी बर्मन 

हिन्दी चलचित्र ‘यादों कि बारात’ को यो गीतलाई सदावहार मान्नेहरू प्रशस्तै छन् । जीनत अमान तथा विजय अरोराले अभिनय गरेको यो गीतका रिमिक्स भर्सनहरू पनि उत्तिकै लोकप्रिय छन् ।

 

कभी मैं कहूँ

स्वर : हरिहरण तथा लता मंगेशकर 

संगीत : शिव–हरि

हिन्दी चलचित्र लम्हेमा समावेश ‘कभी मैं कहूँ’ प्रमुख रोमान्टिक हिन्दी गीतमध्येको एक हो । उक्त गीतमा श्रीदेवी तथा अनिल कपुरले अभिनय गरेका छन् । 

ए अजनवी आवाज दे 

स्वर : उदितनारायण झा

संगीत : एआर रहमान

हिन्दी चलचित्र दिल सेको यो गीतमा मनीषा कोइराला तथा शाहरूख खानले अभिनय गरेका छन् । उदितनारायण झाका हजारौं गीतमध्ये यो एउटा उत्कृष्ट रोमान्टिक गीत हो । 

 

प्रकाशित :माघ २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्