प्रेमका प्रकार

- साप्ताहिक संवाददाता

माघ २७, २०७५

रमाइलो प्रेम

यस्तो प्रेमलाई सबैभन्दा खतरनाक प्रेम मानिन्छ । रमाइलो प्रेमले तत्कालभन्दा पनि दीर्घकालमा समस्या निम्त्याउँछ । विवाहेत्तर सम्बन्धलाई रमाइलो प्रेमको उपमा दिइन्छ । 

दीर्घकालीन प्रेम

सुख–दु:ख तथा सहज–असहज परिस्थितिमा एक–अर्कालाई साथ दिने मायालाई आजीवन माया भनिन्छ । यस प्रकारको प्रेम विवाहपछि जीवनपद्धतिसँग जोडिन्छ । 

चन्चले प्रेम

यसलाई देखासिखी प्रेम पनि भनिन्छ । भर्खरै टिन एजमा प्रवेश गरेका जोडी अर्काको देखासिखीमा यस्तो प्रेममा पर्छन् । संसार रंगीन छ भनेर सोच्नेहरू यस्तो प्रेममा हुन्छन् । 

प्रेमिल प्रेम

भावनात्मक रूपमा जोडिएकाहरूबीच यस्तो प्रेम हुन्छ । घरपरिवार, साथीभाइ दाजु–दिदी, दिदी–भाइबीच पनि यस्तो प्रेम हुन्छ । यो प्रेम नि:स्वार्थ हुन्छ । 

पागल प्रेम

यो कसैप्रति आकर्षित भएपछि हुने प्रेम हो । यसमा सही–गलत, राम्रो–नराम्रो, वरपर केही विचार गरिँदैन । 

एकतर्फी प्रेम

यो कुनै व्यक्तिप्रति आकर्षित भएर उक्त व्यक्तिको धारणा नै नबुझी हुने प्रेम हो । 

स्वार्थी प्रेम

यो कुनै पनि स्वार्थका लागि नाटकका रूपमा गरिने प्रेम हो । यस्तो प्रेम आफूले चाहेको फाइदा लिइसकेपछि आफैं टुट्छ ।

प्रकाशित :माघ २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्