साथी अरुणलाई संझदा भावुक भए विक्रम गुरुङ

- अनोज रोक्का

माघ २५, २०७५

‘भँलु भुँलु लाग्यो मलाई सपनीमा ।

हो... मिठो लाग्दैन विपनी’

सायद, यो गीत नसुन्ने कोहि छैन । धेरै बर्ष पहिले शहरदेखी गाउँघरसम्म रेडियो–टेलिभिजनमा गुन्जिएको यो गित अझैपनि उत्तिकै गुन्जिन्छ । यो चर्चित कालजयी गीतका श्र्रष्टा को हुन् ? त्यो भने धेरैलाई याद छैन । यो हिट गितका जन्मदाता थिए, अरुण थापा र विक्रम गुरुङ ।

अरुणको स्वर र विक्रमको शव्द तथा संगीतमा बनेको यो गीत कालजयी कसरी भयो ? गितकार विक्रम गुरुङ सम्झन्छन्, ‘हामीले खुबै मिहेनत गरेका थियौं, सोहि कारण यो गित वर्षौवर्ष वाच्न सकेको हो ।’

गायक थापा र गितकार गुरुङको मित्रता धेरैवर्षअघि पोखरावाटै सुरु भएको थियो । जब उनिहरु भेटघाट गर्न थाले,–चिया र चनाको तालमा गफ जम्न थाल्यो । उनिहरुको मित्रता पनि प्रगाढ बन्दै गयो ।

‘सायद संसारमा धेरै सम्वन्ध संयोगकै कारण जोडिन्छन् की जस्तो लाग्छ’, गुरुङ थप्छन्, ‘हामी दुइजनाको पनि संयोगले भेट भएको थियो, तर यो भेट अर्थपुर्ण भयो । नेपाली संगित उद्योगमा एउटा कालजयी गितको योगदान गर्न सक्यौं ।’

अरुणका बुबा पोखरामा नेपाल बैकको रिजनल म्यानेजर थिए । सोहि बेला पुष्प गुरुङमार्फत उनिहरुको भेट भयो । त्यो समयमा अरुण पेशागत रुपमा गायक भइसकेका थिएनन् । साथीभाई जमघट, गाउँघरका कार्यक्रमहरुमा गीत गाउँथे ।

गीत, संगितप्रतिको लगावकै कारण गुरुङ, थापा, अरुणका भाई किरण, गायक सरोज गोपाल, गीतकार नवराज कार्की, संगितकार बाबा राना, नाट्यकर्मी शरुभक्त, बिनोद गौचन, मोहनसिंह थापा लगायत मिलेर पोखरामा ‘पोखरेली युवा सांस्कृतिक परिवार’ गठन गरे । सांस्कृतिक परिवारलाई आर्थिकरुपमा सबल बनाउन एउटा सांगितीक कार्यक्रम गरे, जहाँ शरुभक्तले नाटक, अरुणले गीत गाएका थिए । कार्यक्रम हेर्न आउने दर्शकलाई ५ रुपैयाको टिकट बेचे ।

पोखरेली सांस्कृतिक परिवारले अरुण थापालाई रेडियो नेपालले आयोजना गर्ने आधुनिक गीत प्रतियोगितामा भाग लिन काठमाण्डौं पठाउने निर्णय गर्‍र्यो । अरुणले गुरुङकै रचना रहेको ‘कतै टाढा तिमीबाट’ बोलको गीतमा स्वर दिए । ‘सोहि गीतबाट अरुण र मेरो औपचारिकरुपमा सांगितीक यात्रा शुरु भयो’, गुरुङ सम्झन्छन् ।

अरुणका बाको कार्यकाल सकिएपछि उनि पनि काठमाडौ फर्किए । टाढा भएपनि उनिहरुको सांगितीक सम्बन्ध निरन्तर जोडिरह्यो । उनिहरु केहि वर्षमै अर्को गीत रेकर्ड गराए, ‘आँखाको निद खोसी लाने, ह्दयको तरङ् छेडी जाने’ । यो पनि दर्शक–श्रोताहरुको प्रिय गीत बन्यो ।

गितकार गुरुङ विस्तारै शिक्षण पेशामा ब्यस्त भए । तर उनले गितसंगितप्रतिको लगाबलाई पुर्णविराम भने लगाएनन् । निकै लामो समयपछि मेरो शब्द र संगितमा हामीले अर्को पनि गीत रेकर्ड गरायौं ‘ भँुलु भुँलु लाग्यो मलाई सपनीमा ।’

‘अरुणसँग बिताएको प्रत्येक समय मेरो लागि इतिहास जस्तै बन्यो, हाम्रो मित्रतालाई हामीले श्रृजनात्मकतामा परिणत गर्‍यौ’ उमेरले ६० पुगेका विक्रम भन्छन्, – ‘एउटा कालखण्ड थियो जहाँ हामी छुट्नै पर्‍र्यो ।’ विस्तारै विक्रम गोरखा साईकुङ् स्कुलमा शिक्षण गर्नका लागि हङ्कङ आए । संगितप्रतिको आफ्नो मोहवाट भने टाढा हुन सकेनन् । हङकङमा रहदा पनि बिद्यार्थीहरुका लागि बालगीत, सैनिक ब्यारेकमा विभिन्न समयमा आयोजना हुने कार्यक्रमहरुका लागि सांगितीक प्रस्तुतीले उनको श्रृजनात्मकताको भोक मेटाउदै गयो ।

‘मलाई अरुणसँग काम गर्न पुगेकै थिएन । त्यो समयमा सम्पर्कको माध्यम पनि केहि थिएन । मैले अरुणकै लागि भनेर थुपै्र श्रृजनाहरु थाति राखेको थिएँ । जब म बिदा मिलाएर काठमाडौ गए, अरुणलाई भेटेँ । तर उ गाउन सक्ने अवस्थामा थिएन’, गुरुङ सम्झन्छन्, ‘अन्तिम अवस्थासम्म उसले मैले श्रृजना गरेका गीतहरुमा अभ्यास गर्ने प्रयास गर्‍यो तर शरिरले साथ दिएन ।’

विक्रम गुरुङ नेपाल गएका बेला उनले बागबजारस्थित एउटा होटलमा लगेर राखे । स्वास्थ्य अवस्था नाजुक भएपछि विक्रमले होटलमा लगेर राखे । उनको चाहाना थियो, अरुणलाई ठिक भएपछि पुनस् संगितमा सहकार्य गर्ने । तर दुर्भाग्य अरुणको विरामी अरुण सोहि होटलबाट संसार त्यागे । भावुक हुँदै विक्रम गुरुङ थप्छन्, ‘अन्तिम अवस्थामा जिर्ण शरिर लिएर मन्द मुस्कानका साथ अरुणले मेरो श्रृजना अभ्यास गरेको दृश्य जब मेरो आँखामा आउँछ, अगाध आस्था सम्मान र प्रेमले आँखा रसाउँछ, अनि सधै भन्न मन लाग्छ, लभ यु डियर अरुण !!

प्रकाशित :माघ २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्