एलिसा राई र नाजिर हुसेनको के होला गोप्य कुरा : हेर्नुहोस् भिडियोमा

- साप्ताहिक संवाददाता

माघ २५, २०७५

मोडल एलिसा राई र अभिनेता नाजिर हुसेनको गोप्य कुरा सार्वजनिक भएको छ । यो जोडीको गोप्य कुरा सार्वजनिक भने गायक प्रमोद खरेलले गरेका हुन् । गायक प्रमोद खरेलको पछिल्लो गीतको म्यूजिक भिडियोमा अभिनय गर्दै उनीहरुले आफ्नो गोप्य कुरा सार्वजनिक गरेका हुन् । 

खरेलको पछिल्लो समय सार्वजनिक गीत लोकप्रिय गीतकार एकनारायण भण्डारीले लेखेका हुन् । लोकलयमा आधारित उक्त गीतमा संगीत भने आशिष अबिरलले भरेका छन् । गीतमा संगीत संयोजनको काम पनि अशिषले नै गरेका छन् । 

गीतको म्यूजिक भिडियो भने शान थापाले निर्देशन गरेका छन् । भिडिया दिक्षा क्रियसनले बजारमा ल्याएको हो ।

गोप्य कुराको म्यूजिक भिडियो :

 

प्रकाशित :माघ २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्