भिडियो गेमसँग विवाह

- साप्ताहिक संवाददाता

माघ २५, २०७५

युनिभर्सिटी अफ फ्लोरिडामा अध्ययनरत नोरुल माहजाबिन हसन सानैदेखि गणितमा पोख्त थिइन्, जसका कारण उनको बाल्यकालदेखि नै क्यालकुलेटरलगायत भिडियो गेम खेल्ने ग्याजेटहरूसँग हुन थाल्यो ।

यस्ता ग्याजेटसँग घण्टौ बिताउन थालेपछि उनलाई तिनीहरूसँगै प्रेम हुन थाल्यो । उनले आफ्नो क्यालकुलेटरलाई मन पराउँदै पिइरी नाम दिइन् । त्यस क्रममा उनको भिडियो गेम खेल्ने उपकरणहरूसँग यौन आकर्षणसमेत हुन थाल्यो ।

त्यतिबेला उनको सबैभन्दा प्रिय भिडियो गेम टेरिस थियो । टेरिस गेमका आकृतिहरूले आकर्षित गरेपछि उनले टेरिस भिडियो गेमसँगै विवाह गर्ने योजना बनाएकी छिन् ।

प्रकाशित :माघ २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्