अनिलको नयाँ काम

- साप्ताहिक संवाददाता

माघ २५, २०७५

गायक अनिल सिंह सांगीतिक कार्यक्रमका क्रममा विदेश गैरहन्छन् । उनी सांगीतिक कार्यक्रमकै क्रममा अष्ट्रेलियासमेत पुगे । अष्ट्रेलियामा रहँदा उनले त्यहाँ नेपाली तथा विदेशी बालबालिकाहरूसँग समेत समय बिताउने मौका पाएँ ।

त्यहाँ उनी इष्टमित्रहरूको घरमा पुग्दा बालबालिकाहरूले एक प्रकारको ‘सप्लिमेन्ट फुड’ सेवन गरेको देखे । उनमा कौतूलहता जाग्यो । अनिलले नेचर वेले उत्पादन गरेका ती भिटामिन जस्ता देखिने वस्तु बालबालिकाका लागि लाभदायक हुने कुरा बुझे ।

काठमाडौंमा उनका नजिकका साथी सन्तोष बर्तौला लामो समयदेखि औषधीको व्यवसायमा आबद्ध थिए । गायक सिंहले बर्तौलालाई नेचर वेका उत्पादन नेपाल ल्याउन सकियो भने नेपाली बालबालिकालाई राम्रो हुने कुरा सुझाए ।

अनिलको प्रस्ताव सकारात्मक लागेपछि बर्तौलाले झन्डै एक वर्ष लामो प्रयासपछि ती उत्पादन स्वदेश भित्र्याएका छन् भने गायक सिंहचाहिं ती उत्पादनका सद्भाव दूत भएका छन् । यतिबेला अनिल र सन्तोष देशव्यापी सांगीतिक कार्यक्रम गरेर ती उत्पादनलाई नेपाली बालबालिकामाझ पुर्‍याउने तयारीमा छन् ।  

प्रकाशित :माघ २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्