अफिसियल  हेयरस्टायलमा राजेश

- साप्ताहिक संवाददाता

माघ २४, २०७५

अभिनेता राजेश हमालको लामो केश उनको पहिचान नै बनेको थियो । उनको त्यो गेटअपलाई पछ्याउनेहरूको कमी पनि छैन, तर हमालले वर्षौंदेखिको लामो केशलाई गत हप्ता काटेर छोट्याएका छन् । सधैं लामो हेयर स्टाइलमा देखिने हमाल केश छोट्याएसँगै नयाँ लुक्समा प्रस्तुत भएका छन् ।

गत साता हमालले आफूले कपाल छोटो पारेको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका थिए । हमाललाई कुनै समय आफ्नो लामो कपालको निकै माया लाग्थ्यो । यतिसम्म कि निर्माता–निर्देशकहरूलाई हमाललाई लिएर चलचित्र बनाउन सजिलो थियो, तर उनको केश कटाउन त्यति सहज थिएन ।

यद्यपि हमालले अहिले आएर को बन्छ करोडपतिका लागि आफ्नो केश छोट्याएका छन् । हमाल को बन्छ करोडपतिको हरेक सोमा फरक–फरक हेयरस्टायलमा प्रस्तुत हुने बताइन्छ । 

प्रकाशित :माघ २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्