पुरानो बुलेटको फस्ट लुक

- साप्ताहिक संवाददाता

माघ २३, २०७५

आगामी चैत्र १ बाट प्रदर्शनमा आउने चलचित्र हो, पुरानो बुलेट । चलचित्रको प्रमोशनमा व्यस्त निर्माण टिमले हालै सो चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ ।

पत्रकार भीषण राईको डेब्यू निर्देशन रहेको यो चलचित्रका पोस्टरमा  मुख्य भुमिकामा देखिन लागेका अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बुलाई विशेष प्राथमिकताका साथ पोस्टरमा देखाइएको छ ।

पोस्टरमा अनुप लामो कपाल, त्यसमाथी रुमाल र जिन्स ज्याकेटमा देखिएका छन् । चलचित्रका अधिकांस भाग पुर्वी जिल्लामा खिचिएको थियो ।

यो चलचित्र यहि फेबु्रअरी २३ मा हङकङमा प्रिमियर गरिने निर्माण टिमले जानकारी गराएको छ ।

कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायतको पनि अभिनय देख्न सकिनेछ । 

चलचित्र निकै दमदार वनेको अभिनेता अनुप विक्रम शाहिले बताए । उनले भने, ‘अघिल्ला चलचित्रको तुलनामा यो चलचित्रमा भिन्नै किसिमको मिहेनत र भुमिकामा दर्शकले देख्ख पाउनुहुनेछ ।’

निर्देशक भीषणले सन्तोष राईसँग मिलेर यो चलचित्रको कथा तथा पटकथा लेखेका हुन् ।

प्रकाशित :माघ २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्