भुवन केसीले भने, ‘मैले नाचेपछि अनमोल नर्भस देखियो’

- साप्ताहिक संवाददाता

माघ २२, २०७५

यसै हप्ताको सोमबार । ललितपुरको एक पार्टी प्यालेसको चारैतिर झिलिमिली थियो, तिहारमा जस्तै । केही यूवा बलसँग खेल्दै थिए । त्यो भिडमा थिए, इशान नामका खेलाडी अर्थात अनमोल केसी ।

चलचित्र ‘क्याप्टेन’ मा समावेश एक गीतको छायांकनको माहोल थियो, यो । ‘कर्ली कर्ली’ बोलको गीतको छायांकनका बेला अनमोल मात्र होइन उनका बा भूवन केसी र निरुता सिंह पनि अभिनय गरिरहेका थिए । रोचक कुरा त के छ भने यो गितमा भुवन केसी पनि देखिनेछन् ।

मेलिना राई र एसडी योगीको आवाज रहेको यो गीतमा एसडीकै शब्द तथा संगीत छ । गीतको भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी छिन् ।

भुवन केसीले सुटिङ नसक्दै भन्दै थिए, मैले नाचेपछि अनमोल त नर्भस देखियो त !’ वरिपरीको वातावरण हाँसोमा गुन्जियो । भूवनले यसो भन्दा अनमोल मुुसुक्क हाँसे मात्रै ।

भर्खरै छायांकन सकिएको गीतको बिषयमा निर्माता भूवन केसीले भने,– ‘इशान नाम गरेका खेलाडीले फुटवल प्रतियोगिता जितिसकेपछि सेलिव्रेशनको क्रममा यो गीत पर्दामा आउनेछ । दर्शकका लागि अनमोल, म र निरुताको जोडी वेग्लै स्वाद हुने विश्वास लिएको छु ।’

फागून १७ गते नेपालभर प्रदर्शन आउने यो चलचित्रमा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारलाई पनि देख्न सकिनेछ ।

दिवाकर भट्टराइको निर्देशनमा निर्माण भैरहेको चलचित्रमा सुदिप बरालले डिओपीको भुमिकामा काम गरिरहेका छन् । यो गीत केही दिनमा सार्वजनिक गरिने निर्देशक दिवाकर भट्टराईले बताए ।

प्रकाशित :माघ २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्