आँखा मारिदिन्छुमा सुष्माको आइटम नृत्य

- साप्ताहिक संवाददाता

माघ २१, २०७५

चलचित्र ‘गुप्त’ को आइटम गीत ‘म आँखा मारिदिन्छु’ सार्वजनीक भएको छ । गीतमा अभिनेत्री सुष्मा कार्कीको आइटम नृत्य हेर्न सकिन्छ ।  सार्वजनिक गीतमा सहिमा श्रेष्ठको स्वर रहेको छ भने संगीत सजन श्रेष्ठको छ । 

राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् । चलचित्रलाई दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेका हुन् ।

शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको चलचित्रलाई राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

चलचित्रमा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन् । 

गीतको भिडियो :

प्रकाशित :माघ २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्