बन्ने भो सरौतो

- साप्ताहिक संवाददाता

माघ २१, २०७५

चलचित्र ‘सरौतो’ निर्माण हुने भएको छ ।

स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण हुने यो चलचित्र माघ २२ गतेबाट छायाँकन शुरु हुने जानकारी दिइएको छ ।

चलचित्रलाई हरी हुमागाईले निर्देशन गर्नेछन् । सिनेम्याटोग्राफरको रुपमा चिनिएका हरीले धेरै विज्ञापन तथा म्युजिक भिडियोमा सिनेम्याटोग्राफरको रुपमा काम गरिसकेका छन् । उनले भिडियोपछि पहिलोपटक चलचित्र निर्देशनमा हात हालेका हुन् ।

एक्सन र रिभेन्जको कथामा बन्ने चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, मनोज तामांङलगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।

चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायाँकन, राजकुमार उप्रेतीको द्वन्द्व र राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहनेछ ।

प्रकाशित :माघ २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्