मेलबर्नको कन्सर्ट अविष्मरणीय

- अनोज रोक्का

माघ १९, २०७५

नेपाली संगीतमा गायक दीप श्रेष्ठको विशिष्ट स्थान छ । नारायण गोपाल, बच्चु कैलाश, फत्तेमान, भक्तराजजस्ता साधकहरूसँगको सहकार्य र सामीप्यता पाएका श्रेष्ठ पछिल्लो पुस्ताका अभया सुब्बा, प्रमोद खरेलदेखि सीडी विजय अधिकारीसम्म उत्तिकै सहज हुन्छन् । म पत्थरको देउता हैन गीतबाट संगीतको औपचारिक यात्रा सुरु गरेका दीप श्रेष्ठको सांगीतिक यात्राले ५० वर्ष पूरा गरिसकेको छ । आफ्नो ५० औ स्वर्ण संगीत यात्राको ग्रान्ड सेलिब्रेसन गर्न हङकङ पुगेका थिए । 

दीप श्रेष्ठ आफैंलाई मन परेका आफ्नै तीन गीत ?

सुनिदेऊ सानो छँदाको कथा, बितेका कुराले तथा म पत्थरको देउता हैन ।

मन परेका अरुका तीन गीत ?

नारायण गोपालको तिमी जुन रहरले ममा फुल्न आयौ, बच्चु कैलाशको नभनिदेऊ मेरो माया छ भनेर तथा नातिकाजीको एउटा तारा डाँडापारि । 

समकालीन तीन गायक ?

अरुण सोताङ, अरविन्द मालाकार तथा मनोहर गोपाल ।

वर्तमान समयका मन पर्ने तीन गायक ?

उदय सोताङ, सत्यराज आचार्य तथा जगदीश समाल ।

संगीतमा नलागेको भए ?

सायद खेलाडी बन्थें वा विज्ञानको विद्यार्थी भएकाले चिकित्सा पेसामा हुन्थें ।

फुर्सदमा घुम्न मन लाग्ने ठाउँ ?

धरान, पोखरा तथा काठमाडौका डाडाँकाडा विशेष लाग्छन् । 

जीवनकै उत्कृष्ट कन्सर्ट 

अस्ट्रेलियाको मेलवर्नमा आयोजित कन्सर्ट ।

 

प्रकाशित :माघ १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्