पनि अभिनेता

- साप्ताहिक संवाददाता

माघ १९, २०७५

व्यंग्यकारका रूपमा लोकप्रिय मनोज गजुरेल पहिलो पटक अभिनयमा झुल्किएका छन् । रंगमञ्चमा विभिन्न व्यक्तित्वको दुरुस्त क्यारिकेचर गर्दै अभिनयको एउटा माध्यममा सक्रिय भैसकेका गजुरेल यसै साता प्रदर्शन भएको चलचित्र सयकडा दसमार्फत दर्शकमाझ आएका छन् । 

चलचित्रमा उनले मोटिभेस्नल स्पिकरको भूमिका निर्वाह गरेका छन् । गजुरेलकै शब्दमा चलचित्रमा उनी हास्यव्यंग्य अभियन्ताका रूपमा भ्रष्टाचारको विरोधमा उत्रने एउटा पात्रका रूपमा प्रस्तुत हुन्छन् । गजुरेलले चलचित्रमा अभिनय गर्ने कुरा कहिल्यै सोचेका थिएनन् । 

अभिनयका प्रस्ताव आइरहे पनि उनी प्राय: ती प्रस्ताव पन्छाइरहन्थे । ‘सयकडा दसको कथा राम्रो लाग्यो,’ गजुरेलको कथन छ– ‘सामाजिक सन्देश, त्यसमा पनि राजनैतिक थिचोमिचो अनि भ्रष्टाचारका कुराले मेरो मन तान्यो ।’ गजुरेलले स्टेजमा छाडा साँढेजस्तो दायाँबायाँ गर्दै प्रस्तुति दिने आफूलाई चलचित्र प्रविधिसँग जोडिन सुरु–सुरुमा निकै गाह्रो भएको समेत बताएका छन् । 

प्रकाशित :माघ १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्