पर्यटक होइन यात्री

- अधिकारी रवीन्द्र

माघ १९, २०७५

हामी सबैसँग आजको रात त्यहाँ बसेर भोली बिहानै त्यो बाटो काट्नुको विकल्प थिएन । साँझपख दुई भान्छा हुने भयो । घरमा परिज, स्पगेटी, ओटमिल अनि छेउतिरको गोठमा गुन्द्रुक र भात । पेटमा इली न मिली हुने गोरा जातिको खाना खाएर रातभर दोब्रिएर बस्नु भन्दा तातो गुन्द्रुकको झोल र भातले बढी आकर्षित गर्‍यो । कालो डेक्चिमा भर्सिरहेको भात वरिपरि भरिया र गाइड गरी १०–१२ जना झुम्मिएका थिए । बिँडीको गन्धले भरिएको गोठ निकै साँघुरो, अँध्यारो र फोहोर थियो । तातो भातका लागि सबै सहियो । बर्खा सिजनमा त्यहाँ चौरी बाँधिन्थ्यो । अहिले हिउँद भएकाले चौँरीहरू घाँस–सेउला चर्न जङ्गल गएका रहेछन् ।

 

मानिस अद्भुत प्राणी हो । ऊ गाँस, बास र कपासका लागि हरदिन परिश्रम गर्छ । त्यो पूरा भएपछि उसका आवश्यकता थपिँदै जान्छन्– सामाजिक सुरक्षा, मनोरन्जन इत्यादि । यी भौतिक दुनियाँका आवश्यकताका चरणहरू पार नगर्दै धेरै मानिस यो संसार छोडेर जान्छन् । यी सबै चरण पार गरेका मानिसहरूचाहिँ कोही आफ्नो नाम स्थापित गर्नतर्फ लाग्छन् भने कोही शान्तिको खोजीमा निस्कन्छन् । शान्तिको नजिक पुग्न मानिसले मुख्यत: तीनवटा बाटा अवलम्बन गरेको पाइन्छ– अध्यात्म, दर्शन वा प्रकृति । जीवनका सबै आवश्यकतालाई सन्तुलित तरिकाले समायोजन गरेर लगिरहेका मानिसहरू प्रशस्तै भेटिन्छन् । तीमध्ये अमाण्डामा पनि मैले धेरथोर त्यस्तै गुण पाएँ । ऊ मनको शान्ति प्रकृतिबाट पाइन्छ भन्ने कुरामा विश्वस्त छे । बन्देजबिनाको प्रकृतिगमनले भौतिक जीवन बाँच्न चाहिने जाँगरलाई पुनर्जागृत गरिदिन्छ ।

लोक्पा भन्ने ठाँउबाट १ घण्टा हिंडेपछि अग्ला–अग्ला डाँडाका लस्कर एकसाथ देखियो । झन्डै १० बज्दा ती सगर छुने पहाडहरूका दक्षिणी मोहडामा न्यानो घाम ठोक्किएको छ । तीनै पहाडका नाकका डाँडी हुँदै कुँदिएका धर्साहरूबाट लगभग ५ घण्टा लामो बाटो छिचोलिसकेपछि मात्र बास बस्ने ठाउँ आउँछ । जाने आउने खच्चड र गोठालाहरूको मिश्रित ध्वनि वल्लो डाँडोसम्म परावर्तित भैरहेको छ । यही गोरेटोबाट हजाराँै पाइला सार्दै अघि बढेकी अमाण्डालाई अब शायद भेटिन्नँ, तर ३ बजे चुम्लिङ पुग्दा हामी अचम्मित भयाँै जब अमाण्डालाई गोपालदाईको आँगनको डीलमा नुहाइवरी कपाल सुकाइरहेको देख्याँै । हामीलाई देख्नासाथ उसले भनी– ‘आई टेक अ नेचुरल सावर इन द ओपन स्काई ।’ 

हरे † उसलाई बाहिर खुला ठाउँमा नुहाएको आकाश खसे बराबर अनौठो, हामीले भने आधा जिन्दगी त्यही ओपन स्काईमा नुहाएर बितायाँै । बिचरीले खुला धारामा नुहाएको पहिलो पटक रहेछ । सिधा अगाडि रहेको श्रृङ्गी हिमालले लगाएको बाक्लो हिउँको निक्खर सेतो टोपी देख्दा मुटुसम्मै चिसोको झस्का पसे पनि हातखुट्टाचाहिँ पानीमा डुबाईरहन मन लाग्ने । मुलको पानी तातो रहेछ ।

अब हिँड्ने बाटो पहिरो गैरहने पहरै पहरा थियो । दिउँसो चट्टान खसिरहने भएर त्यो ठाउँ बिहानै पार गरिसक्नुपर्ने रहेछ । हामी सबैसँग आजको रात त्यहाँ बसेर भोली बिहानै त्यो बाटो काट्नुको विकल्प थिएन । साँझपख दुई भान्छा हुने भयो । घरमा परिज, स्पगेटी, ओटमिल अनि छेउतिरको गोठमा गुन्द्रुक र भात । पेटमा इली न मिली हुने गोरा जातिको खाना खाएर रातभर दोब्रिएर बस्नु भन्दा तातो गुन्द्रुकको झोल र भातले बढी आकर्षित गर्‍यो । कालो डेक्चिमा भर्सिरहेको भात वरिपरि भरिया र गाइड गरी १०–१२ जना झुम्मिएका थिए । बिँडीको गन्धले भरिएको गोठ निकै साँघुरो, अँध्यारो र फोहोर थियो । 

तातो भातका लागि सबै सहियो । बर्खा सिजनमा त्यहाँ चौरी बाँधिन्थ्यो । अहिले हिउँद भएकाले चौँरीहरू घाँस–सेउला चर्न जङ्गल गएका रहेछन् । पाखुरा सुर्किएर हामी नेपालीको जत्थाले भात हसुर्ने क्रममा अमाण्डा होहल्ला गर्दै गोठभित्र पसी र छक्क पर्दै भनी, ‘हामीसँग किन नखा’को थाहा पाएँ मैले ।’ एउटा साथीले उत्तर दियो, ‘हो त त्यस्तोभन्दा यस्तै ठीक हाम्लाई ।’ हामीले ओट्मिल र परिजभन्दा भात मीठो भन्ने आशयमा त्यसो भनेका थियाँै तर उसले बुझिछ अर्को । हातले खाएको देखेर बिदेशीले के भन्लान् भन्ठानेर हामी लाजले लुकेर छुट्टै खाएको भन्ठानेकी रहिछन् । भोलिपल्ट अमाण्डाले त्यो कुरा भन्दा हामीचाहिँ छक्क पर्‍याँै किनभने हामीले त्यो कुरा सोचेका पनि थिएनौँ ।

एकाबिहानैदेखि खैरेहरूको नुहाउने घुइँचो । घरबेटीकी जेठी बूढीले ठूलो खड्कौलोमा पानी तताको ततायै छ । उनीहरू बाल्टीमा पानी ओसार्दै पालैपालो ट्वाइलेटभित्र लग्दै नुहाउँदै छन् । चिसै कपाल लिएर आएकी अमाण्डाले पछाडिबाट पिठ्युँमा धाप मार्दै भनी, ‘नुहायौ ?’ उनीहरू जस्तो परिस्थितिमा पनि नुहाएरै छोड्ने, हामी जस्तो परिस्थितिमा पनि ननुहाएरै टार्ने खालका मानिस । तैपनि भन्न परिगो– हामीले त बिहानै नुहाइसक्यौँ । ‘विगत ५ दिनदेखि हामीले नुहाएका छैनाँै र काठमाडौं नउत्रिञ्जेल नुहाउदैनाँै पनि’ भनेको भए शायद ऊ घीन र आश्चार्यले एकैपटक ‘ओ एम जी’ भन्थी ।

बाटोमा अमान्डाको अर्को कुरा मलाई खुब मन पर्‍यो । ऊ पर्यटक होइन, यात्री बन्ने प्रयास गरिरहेकी छे रे । भन्छे– ‘पर्यटकको नजरमा गन्तव्य बढी महत्वको हुन्छ । यात्रीले यात्राबाट आनन्द लिन्छ, उसका लागि थकान र सुस्केराहरू बढी अर्थपूर्ण हुन्छन् ।

पर्यटकको गोजीमा तालीका र बाध्यता हुन्छ कहिले, कहाँ र किन पुग्ने । यात्रीसँग केही हुँदैन । गन्तव्य पुग्ने–नपुग्ने, मोडिने केहीको निश्चितता हुँदैन, किनभने चाहे जहाँसुकै पुगियोस् उसको लक्ष्य भनेको हिंड्नु र हिड्दै जानु हो । पर्यटकहरू क्यामेरा र लेन्स प्रयोग गरी प्रकृतिलाई कैद गरेर लान्छन् र पछि घर पुगेर ती तस्बिर वा भिडियो हेरेर रमाउँछन् । यात्रीे स्वयं आँफैले प्रकृतिलाई गल्र्याम्म अँगालो हालेर त्यसमै डुब्छन् । एउटा फोटोग्राफर पर्यटक हो भने साहित्यकार यात्री हो, एउटाले आवरण लिन्छ अर्कोले भित्रि रस ।

ravinems@iom.edu.np

प्रकाशित :माघ १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्