यात्रा टिजरमा सलिन र मल्लिको प्रेम

- साप्ताहिक संवाददाता

माघ १८, २०७५

अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु अभिनेत्री मल्लिका महतले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’को टिजर सार्वजनिक गरिएको छ । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्रको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरिएको हो । टिजरमा अभिनेता सलिनमान बनियाँ र अभिनेत्री मल्लिका महतको प्रेम भाव देखाइएको छ भने अबिनेता सलोन बस्नेत नेगेटिभ भूमिकामा प्रस्तुत भएका छन् ।

चलचित्रमा सलिन, सलोन र मल्लिकासँगै जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्माको साथमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको अभिनय रहेको छ ।

चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चामा रहेका अंकित संग्रौला र एन्जल राईले अभिनय गरेका छन् । चलचित्रलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । सम्राट शाक्यको कथा तथा निर्देशन रहेको चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

चलचित्रमा संजय लामाको छयांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, शम्भुजित बास्कोटाकोसागै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

 

चलचित्रको टिजर :

 

प्रकाशित :माघ १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्