संजिव पराजुली र जुना प्रसाईंको कर्के नजर

- साप्ताहिक संवाददाता

माघ १७, २०७५

 

गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको युगल स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।  आनन्द अधिकारीले लेखेको ‘कर्के नजर’ बोलको सार्वजनिक गीतमा आशिष अबिरलले संगीत तथा संगीत संयोजन गरेका छन् । 

गीतमा भाइब एण्ड वेब ग्रुपको बेजोड प्रस्तुति रहेको छ । राहुल शाहले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अलीशा शर्मा र राहुल शाहले अभिनय गरेका छन् । 

गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको संयुक्त एल्बम ‘संग संगै’ मा समावेश यो गीत अघि ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘पहिलो भेटैमा’, ‘अलि अलि गर्दै’ बोलका गीत सार्वजनिक भैसकेका छन् । 

कर्के नजरको म्यूजिक भिडियो :

 

प्रकाशित :माघ १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्