शहीद सम्झदै प्रमोद खरेल

- साप्ताहिक संवाददाता

माघ १६, २०७५

शहिद दिवसको अवसर पारेर गायक प्रमोद खरेलले ‘शहीद’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेका छन् । उक्त गीतमा खरेलले आफ्नै शब्द, संगीत र स्वर समावेश गरेका छन् । 

देशका लागि प्राण बलिदान गर्ने ज्ञात अज्ञात शहीदहरुप्रति समर्पित गर्दै गायक खरेलले गीत सार्वजनिक गरेका हुन् । फणिन्द्र राईको संगीत संयोजनमा रहेको यो गीतको कार्टुन भिडियो निर्माण गरिएको छ । 

भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । भिडियोमा गरिएको पेन्टिङ आर्ट भने रोहन गुरुङको रहेको छ । भिडियोमा गिटारमा सुदिप सागर देखिएका छन् भने गायक खरेल समेत आफैं प्रस्तुत भएका छन् ।

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :माघ १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्