शिल्पा र नाजिरको माया संसार

- साप्ताहिक संवाददाता

माघ १६, २०७५

चलचित्र कागजपत्रको ओएसटी सार्वजनिक भएको छ । सार्वजनिक ‘माया संसार’ बोलको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन, अभिनेत्री शिल्पा मास्के,  कलाकार भोलाराज सापकोटा, सरिता गिरी लगायत फिचर्ड छन् ।

चैत्र ८ गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रको सार्वजनिक गीतले फिल्मको भाव बोकेको छ । गीतमा हर्कुलस बस्नेतको शब्द तथा स्वर रहेको छ । गीतको भिडियोलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । चलचित्रमा लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी बर्देवा, अर्जेश रेग्मी लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

इपी एजुकेसन अष्ट्रेलियाको प्रस्तुतीमा औस सिनेमाको सहकार्यमा वल्र्डवाइड फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको संयुक्त लगानिमा निर्माण भएको हो ।

 

प्रकाशित :माघ १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्