विवाह–बन्धनमा डब्लूडब्लूईका खेलाडी

- साप्ताहिक संवाददाता

माघ १६, २०७५

सन् २०१८ को समापनसँगै रेस्लिङ अर्थात् डब्लूडब्लूई संसारका केही खेलाडी विवाह बन्धनमा बाँधिएका छन्, जसमध्ये रेमन्ड रोवे र सारा लोगन सबैभन्दा लोकप्रिय जोडी हुन् । उनीहरू गत डिसेम्बर २१ मा विवाह बन्धनमा बाँधिएका थिए । त्यसैगरी लियो रस र सारा लाइ वा ग्रिनले डिसेम्बर २८ मा विवाह गरे ।

उनीहरूले एउटा कालो रंगको स्पोर्ट्स कारको अगाडि संयुक्त तस्बिर खिचाएर आफूहरूको विवाह भएको समाचार सोसल मिडियामार्फत सार्वजनिक गरेका थिए । त्यसमा लियोले लेखेका थिए, ‘मैले आफ्नो जीवनको माया र सबैभन्दा राम्रो साथी सारा वा ग्रिनसँग विवाह गरेको छु ।’

उनीहरू बीच प्रेम भएको समाचार भने पहिले नै सार्वजनिक थियो । डब्लूडब्लूई स्टार एलेस्टर ब्ल्याक र जेलिना भेगा पनि विवाह गर्ने अर्का जोडी हुन् । पहिले अर्का डब्लूडब्लूई स्टार अस्टिन एरिजसँगको प्रेममा रहेकी जेलिनाले अन्तत: एलेस्टर ब्ल्याकसँग विवाह गरेकी थिइन् । 

प्रकाशित :माघ १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्