अब सीधा हुनेछ पिसाको धरहरा

- साप्ताहिक संवाददाता

माघ १६, २०७५

इटालीको पिसा सहरस्थित विश्वप्रसिद्ध ढल्किएको धरहरालाई त्यहाँका वैज्ञानिकहरूले अब सीधा बनाउने भएका छन् । इटालीको बेजोड इन्जिनियरिङको नमुना मानिने यो धरहरा ५६ मिटर अग्लो छ ।

सन् १९७३ मा निर्माण गरिएको यो धरहरा बनाउने क्रममै एकातर्फ १५ डिग्रीसम्म ढल्किएको थियो । ११ वर्षअघि सन् १९९० मा यसको ढल्काइ बढ्दै गएपछि त्यहाँको सरकारले यो धरहरा पर्यटकहरूका लागि बन्द गरेको थियो ।

त्यसपछि मर्मतको क्रममा रहेको यो धरहरालाई सन् २००१ मा ४१ मिटरसम्म सीधा गरिएको थियो । अब यसलाई अझै केही सीधा गरिने इन्जिनियरहरूले बताएका छन् ।

प्रकाशित :माघ १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्