विवाहमा पारदर्शी मोह

- साप्ताहिक संवाददाता

माघ १६, २०७५

जीवनमा एकपटक गरिने विवाहलाई यादगार बनाउने प्रयासमा सबै वर–बधू हुन्छन् । विवाहलाई कसरी यादगार बनाउने भन्ने विषयमा पश्चिमी मुलुकका डिजाइनरहरू निरन्तर सक्रिय छन् । यसै क्रममा उनीहरूले दुलहीले लगाउने पहिरनलाई पारदर्शी बनाउन थालेका छन् ।

यस्ता पारदर्शी पहिरनले दुलाहालाई रोमाञ्चित तुल्याउने दाबी गर्दै दुलहीका ड्रेस डिजाइनरहरूको ध्यान पारदर्शी पहिरनमा केन्द्रित हुन थालेको हो ।

केही दुलहीले विवाहमा पारदर्शी पहिरन लगाउन रुचाउनुका साथै त्यो रोमाञ्चक भएको बताएकाले पनि सन् २०१९ मा थुप्रै दुलहीले लगाउने पहिरन पारदर्शी हुने अनुमान गरिन्छ ।

प्रकाशित :माघ १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्