धुर्मस–सुन्तली प्रदेश १ को सद्भावना दूत

- साप्ताहिक संवाददाता

माघ १५, २०७५

प्रदेश १ सरकारले हास्य कलाकारद्वय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई स्वास्थ्य सद्भावना दूत बनाएको छ ।  प्रदेशको सामाजिक विकास मन्त्रालयले संचालन गर्ने स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि सद्भावना दूत बनाउने सम्झौता भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमबीच धुर्मुस र सुन्तलीलाई सद्भावना दूत घोषणा गरिएको हो । यस सम्बन्धी सम्झौता पनि भएको छ ।

मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले एक वर्ष पूरा गरिरहँदा समृद्धि र जनसेवानै मुख्य चाहना भएको बताए । उनले भने, ‘स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा प्रदेश सरकारले जनस्वास्थ्यलाई ध्यानमा राखेर लोकप्रिय कार्यक्रम ल्याउने छ ।’ उनले सरकारले गति लिंदै गएको बताए ।

प्रदेश मन्त्रालयलय अघि सारेको स्वस्थ्य जीवन कार्यक्रमअन्तर्गत सद्भावना दूत बनाइ अभियानमा सहभागी गराउने सम्झौता गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले भने भने, ‘मन्त्रालयले रोग लाग्नुभन्दा अघिको अवस्थाबारे जनचेतना दिलाउन गर्ने कार्यक्रममा उहाँहरुको साथ खोजिएको हो ।’

धुर्मुसले स्वस्थ्य जीवननै अहिलेको आधार रहेको बताउँदै आफूहरुले गरेको सामाजिक कामको मूल्यांकन गर्दै प्रदेश सरकारले विश्वास गर्दा आफूहरुलाई काम गर्न थप उत्साह मिलेको बताए । धुर्मुसले आफू प्रदेश १ कै बासिन्दा भएकोले यो अवसर प्राप्त हुनु सुखद भएको चर्चा गरे । 

 

प्रकाशित :माघ १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्