डान्स च्याम्पियनसिप लिग २०७५ सम्पन्न

- साप्ताहिक संवाददाता

माघ १४, २०७५

गत शनिबार डान्स च्याम्पियनसिप लिग २०७५ सम्पन्न भएको छ । जसमा १५ वर्ष मुनिका १ सय ५० जना वालवालिकाहरुले अडिसन राउण्डमा भाग लिएका थिए । त्यसमध्ये उत्कृष्ट १० छानिएका थिए । ग्रान्ड फिनालेबाट आदर्श लामा प्रथम, खुसी कट्टेल दोस्रो, सलिना मगर तेस्रो छनौट भए ।

लामा, कट्टेल र मगरले पहिलो, दोस्रो र तेस्रो भए बापत क्रमश प्रथम ५० हजार, ३० हजार र २० हजार रुपैंयाँ हात पारे । रोजन बलामी, गंगा लामा, रिदम घिसिङ, आलोक बोहरा, किम गुरुङ, दिक्षा पौडेल,  सिया थापामगर उत्कृष्ट १० भित्र पर्न सफल भए ।

यसमा कोरियोग्राफी जनक चौधरी र सुमन श्रेष्ठले गरेका थिए । बालुवाटार टुँडालदेवीस्थित फ्युजन डान्स सेन्टरद्वारा डान्स च्याम्पियनसिप लिग २०७५ को आयोजना गरिएको हो । 

प्रकाशित :माघ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्