रणवीरबाट बाहिरियो सुशिल–शुभेच्क्षाको यस्तो प्रेम 

- साप्ताहिक संवाददाता

माघ १४, २०७५

चलचित्र ‘रणवीर’को तेस्रो गीत सार्वजनिक भएको छ । यहि माघ १८ गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा रहेको यो चलचित्रको ‘मायामा’बोलको गीत र्साजनिक गरिएको हो । चलचित्रको यस अघि ‘तिरिमिरी तिरिमिरी तीन तारा’बोलको गीत सार्वजनिक भएको थियो । 

पोखरा र धम्पुसमा छायांकन गरिएको यो गीतका भिडियोमा अभिनेता सुशिल सिटौला र अभिनेत्री शुभेच्क्षा खड्काको प्रेमभाव समेटिएको छ । यो गीतको दृष्यले रणवीरका मुख्य पात्र रणवीर र उनकी प्रेमिका प्रिया वीचको प्रेमसम्बन्ध बुझाउने चलचित्रका निर्देशक गोविन्द सिंह भण्डारीले बताए ।

गीतको दृष्यमा पोखराका सुन्दर स्थानलाई कैद गरिएको छ । हालसालै पोखरामा उडाउन थालिएको हट बेलुनमा पनि यो गीत छायांकन गरिएको छ । सार्वजनिक गीतमा हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको छ । गीतमा शब्द/संगीत पनि हर्कुलसकै रहेको छ । 

चलचित्रमा महेश पौडेलको छायांकन, गम्भिर बिष्ट, सुरेन्द्र बसेल र रामजी लामिछानेको नृत्य निर्देशन, राजनराज शिवाकोटी, हर्कुलस बस्नेतको संगीत, कृष्ण भण्डारीको सम्पादन रहेको छ । 

चलचित्रमा गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले संयुक्त रुपमा लगानी गरेका छन् ।  द्धन्द्धप्रधान प्रेमकथामा आधारित यो चलचित्रमा सुशिल र शुभेच्क्षाका साथमा  प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, भोलाराज सापकोटा, टिका पहारी, हरिहर शर्मा, नरेश पौडेल, सैलेश्वरी सिंह, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् । 

मायामाको भिडियो :

 

प्रकाशित :माघ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्