अब यी नाम  राख्न पाइन्न

- साप्ताहिक संवाददाता

माघ १४, २०७५

सन्तान पाएपछि सबै अभिभावकलाई पहिलो टाउको दुखाइ भनेकै शिशुको नाम के राख्ने भन्ने हुन्छ । अझ अहिले शिशुका लागि नौलो नाम खोज्ने धुनमा धेरै बाबुआमा इन्टरनेटदेखि परामर्शदाताकहाँ सम्म पुग्ने गरेका छन् । 

आफ्ना बालबालिकाको नाम फरक किसिमको राख्ने धुनमा लागेका न्युजिल्यान्डका अविभावकलाई त्यहाँको सरकारले हालै एक कानुन ल्याएर खिन्न तुल्याइदिएको छ । एक अनुमानअनुसार न्युजिल्यान्डमा वार्षिक ६० हजार शिशुको जन्म हुन्छ, जसमा १ प्रतिशतले मात्र सरकारले तोकेको नाम राख्ने गरेका छन् भने ६६ प्रतिशत बालबालिकाको नाम नमिलेका कारण सुधार गर्न पठाइने गरेको छ । 

पछिल्लो पटक अभिभावकहरूले आफ्ना सन्तानलाई अलग देखाउन अश्लील लाग्नेदेखि सामाजिक सद्भाव खलल पार्ने किसिमका नामसमेत राख्न थालेपछि न्युजिल्यान्ड सरकारले केही नाम राख्नै नपाउने गरी प्रतिबन्ध लगाएको छ, जसमा अल्लाह, मिस, प्रिन्स, क्विन, रोयल, इम्पेरर, डुक, सर, किंग, रोयल्टी आदि जस्ता नाम छन् । सन् २०१७ मा पनि न्युजिल्यान्ड सरकारले ४ सय ९४ वटा नामलाई प्रतिबन्धित सूचीमा राखेको थियो । 

प्रकाशित :माघ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्