संसारको सबैभन्दा सानो गाई

- साप्ताहिक संवाददाता

माघ १४, २०७५

संसारको सबैभन्दा सानो गाई कत्रो होला ? हाम्रो सोचमा कुकुरजत्रो वा केही ठूलो ? तर अमेरिकाको मिसीसिपीमा संसारकै सबैभन्दा सानो गाईको बाच्छी फेला परेको छ ।

उक्त बाच्छीको तौल जम्मा साढे ४ किलो छ । अहिले त्यो गाईलाई मिसिसिपी स्टेट युनिभर्सिटी कलेज अफ भेटनरीमा राखिएको छ । गाईको मालिकले पहिले उक्त गाईको वजन निकै कम भएको देखेपछि उपचारका लागि भेटनरी पुर्‍याएका थिए ।

भेटनरीमा सामान्य जाँच गर्दा गाई स्वस्थ तन्दुरुस्त भेटिएपछि उक्त गाईको जीनसम्बन्धी अध्ययन थालिएको छ । उक्त गाईलाई भेटनरीका कर्मचारीहरूले लिटिल बिल नाम दिएका छन् । 

प्रकाशित :माघ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्