विवेकशील साझा पार्टी फुट्नुको कारण के होला ?

- साप्ताहिक संवाददाता

माघ १४, २०७५

विवेकशील साझा मात्र किन ? हेर्नुहोस् न नियालेर कुन चैं पार्टी फुट्न बाँकी छ र ? एकै ढिक्का देखिएकाहरूमा पनि कति रानो माहुरीहरू छन् ? 

हरिहर जेशी

विवेकशील पार्टीमा धेरै विद्वान् नै विद्वान् भए, अनि विचार बाझिएकाले आपसमा राम्रोसँग जुट्न नसकेको वा जुट्न नजानेको भएर फुटेका होलान् ।

रमन श्रेष्ठ

जोडेको चिज–वस्तु टुट्नु त सामान्य नै हो ।

रमेश खतीवडा

 नेपालमा पार्टी फुट्नु र जुट्नु कुनै नौलो कुरा होइन । सम्भवत: भागबन्डा नमिलेर हो कि ?

शारदा मुरारी नेपाल

एकता दिवसका दिन राष्ट्रिय एकतालाई च्यालेन्ज दिन फुटेका हुन् ।

दिलीप सिजापति

एउटै पार्टी भएर सँगै काम गर्दै जाने क्रममा दुईमध्ये कुनै पक्षबाट केही भूल भयो होला । खासमा यो नहुनुपर्ने कुरा हो । 

वसन्त भण्डारी 

विवेकशील साझाप्रति एउटा आशा थियो । अब यो फुटको राजनीतिले यिनीहरूलाइ कहीं पुर्‍याउँदैन, यिनीहरूको आस पनि छैन ।

प्रकाश गिरी

यो कहिले पो जोडिएको थियो र फुट्यो भन्नु ? आपसमा एकमत नभै जुटेकाहरूलाई एक भएको मान्न सकिँदैन । 

प्रदीप भट्टराई

गलत चुनाव चिन्ह राखेकाले फुटेको हो कि जस्तो लागिरा’छ मलाई । तराजु एकातिर ढल्किसकेको थियो अनि आँखा पनि टेडो थियो । 

राकेश कार्की

एउटा जापानी उखान छ— पानीजहाजका क्याप्टेन धेरै भए भने जहाज पहाड चढ्छ ।

समीर

धेरै बिराला भए मुसा मर्दैनन् भन्ने उखानलाई साकार गर्दै विवेकै विवेक भएकाहरू साझा भए अनि पार्टी नफुटे कुवा सुक्छ त ?

शंकर

विवेक खलबलिएर होला कि ?

रविसिंह राउत

जोडिन नसकेकाले फुटेको हुनुपर्छ । 

अभास सुवेदी

डुप्लिकेट सुपर ग्लु प्रयोग गरेपछि कसरी नफुटोस् त ?

रामकृष्ण 

दुई मूर्ख मिल्न सक्छन्, तर दुई विद्वान् मिल्न सक्दैनन् ।

प्रवेश नेपाल

सजिलै छ त । जसरी रानो धेरै भएपछि मौरी छुट्टिन्छन्, त्यस्तै भएर फुट्या हो ।

संयोग अकेला

उज्ज्वल थापाको पदीय लालच विवेकशील साझा पार्टी फुट्नुको मुख्य कारण हो । पार्टीभित्र रबिन्द्र मिश्रसँग बराबर हैसियत र जिम्मेवारी राख्ने उज्ज्वल थापा अरूलाई दोष दिएर आफ्नो कर्तव्यबाट भाग्नु उनकै कमजोरी हो ।

अर्जुन केसी

हाम्रो राजनैतिक संस्कार पालना गरेका हुन् । आज्ञाकारी र संस्कारी रहेछन् बरा ।

इन्द्र

फेसबुकले उचाल्यो, चुरीफुरीसहित जुट्यो, सबैको साझा विवेक हरायो, त्यसपछि फुट्यो । एउटा तेल अर्को पानी, अनि कसरी मिल्छ तिनको जिन्दगानी ?

ताराप्रसाद खनाल

यो त हाम्रो देशका सम्पूर्ण राजनीतिक पार्टीको प्रमुख विशेषता नै हो ।

मनेज गुवाजु

दुनियाँलाई थाहा छ, तपाईंलाई चाहिँ थाहा नभएकै हो र ? ल सुन्नुस्, मिडियादेखि लिएर जतासुकै रवीन्द्र मिश्रकै नाम मात्र आयो अनि हाम्रा धेरै विवेक भएका उज्ज्वलजीहरूलाई सही नसक्नु भयो र अन्तत: विष ओकले ।

कुमार गैतम

यिनीहरू फुटेका होइनन्, २/४ महिना अलग मात्र बसेका हुन । किनभने एकले अर्कालाई दक्षिण पन्थी, दलाल भनेर आरोप नै लगाएका छैनन् ।

सुरज खनाल

नेपालमा पार्टी कम भएर धेरै बनाउन फुटेका होलान नि । 

निराजन थापा

घाम चर्केर हो, माटाको भाँडा काँचैमा फुटेको ।

राज शर्मा

औकात सबैले देखाउँछन, फरक यति मात्र हो— कसैले पहिले देखाए अनि यिनीहरूले अहिले ।

सरे देवकोटा

अण्डा र नरिवल भन्ने चिज फुटेपछि नै काम आउँछन् नि, त्यसैले ।

आशिष भट्टराई

प्रकाशित :माघ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्