आफैंले लगानी गरें : राजाराम पौडेल

- प्रस्तुति: महेश तिमल्सिना

माघ १४, २०७५

 

चलचित्रमा पहिलोपटक लगानी गर्नुभएको छ, लगानी गर्ने सोंच कसरी आयो ? 

मैले यसअघि कुनै पनि चलचित्रमा लगानी गरेको थिइनँ । मलाई सय कडा १० को कथा एकदमै मनपर्‍यो । मैले चलचित्रका निर्देशक रामशरण पाठकलाई कथा एकदमै मनपर्‍यो भनें । त्यसपछि उहाँले चलचित्रमा लगानी गर्नुस् न त भन्नुभयो । त्यसैले लगानी गरें । 

चलचित्र सय कडा १० मा तपाईँ कस्तो भूमिकामा हुनुहुन्छ ? 

म केन्द्रीय भूमिकामा छु । यसमा म श्रीमान्, बाबू, जागिरे आदि भूमिकामा देखिन्छु । 

अरूले निर्माण गरेको चलचित्रमा अभिनय गर्नु र आफैंले लगानी गरेको चलचित्रमा अभिनय गर्नुमा कस्तो फरक पाउनुभयो ?

छुट्टै रमाइलो हुँदो रहेछ । यद्यपि मैले यो चलचित्रमा आफ्नो घरबार–सम्पत्ति बेचेर लगानी गरेको होइन । यसमा त मैले पाउने पारिश्रमिकमा अलिकति पैसा थपेको मात्र हुँ । त्यसैले चलेर नाफा भयो भने पैसा गन्नका लागि अलि धेरै पानी पिउनुपर्ला चलचित्र फ्लप भयो भने मुख सुकाएर हिँड्नुपर्ला  । 

चलचित्र सय कडा १० आएपछि देशमा भ्रष्टाचार घट्छ भन्ने दाबी गर्नुभएको छ, घट्ला त ? 

यो चलचित्रमा भ्रष्टाचारका कुरा मात्रै पनि छैनन् । यसमा करिब ८० प्रतिशत कमेडी छ । यो चलचित्र युवापुस्ताले हेर्नै पर्छ । किनभने देशमा भ्रष्टाचार कसरी भैरहेको छ, किन भैरहेको छ, यसलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । 

यो चलचित्रले कस्तो व्यापार गर्ला भन्ने अपेक्षा छ ?

यो चलचित्र जुन निर्देशकले निर्देशन गर्नुभएको छ उहाँका यसभन्दा अघिका चलचित्र निकै हिट छन् । उहाँ सूक्ष्म कुराहरूमा पनि निकै ध्यान पुर्‍याउनुहुन्छ । त्यसैले चलचित्रले राम्रो व्यापार गर्छ भन्नेमा ढुक्क छु । 

 

प्रकाशित :माघ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्