आलियाको इग्नोर !

- साप्ताहिक संवाददाता

माघ १३, २०७५

अभिनेता सिद्धार्थ मल्होत्राले चलचित्र स्टुडेन्ट अफ दि इयरबाट आलिया भट्ट र वरुण धवनका साथ पदार्पण गरेका थिए । सिद्धार्थ उक्त चलचित्रकै अभिनेत्री आलियासँग प्रेममा परे । तर उनीहरूको सम्बन्ध लामो समय टिकेन । आलिया अहिले रणवीर कपुरसँगको प्रेममा छिन् । हालै सिद्धार्थले आफ्नो ३४ औं जन्मदिन धूमधामका साथ सेलिब्रेट गरे । उनले उक्त समारोहमा पूर्वप्रेमिका आलिया र उनका प्रेमी रणवीर कपुरलाई समेत निम्तो गरेका थिए ।

पार्टीमा क्याट्रिना कैफ, सोनाक्षी सिन्हा, आदित्य राय कपुर, ज्याकलिन फर्नाडिस, करिश्मा कपुर तथा करण जौहर आदिको उपस्थिति थियो, तर उक्त पार्टीमा आलिया सहभागी भइनन् । आलिया सहभागी नभएपछि विभिन्न टीका–टिप्पणी हुनु स्वभाविक थियो ।

सिद्धार्थको पार्टीमा उनीहरूको खबर गयो, ‘अति व्यस्तताका कारण आउन सकिएन, सरी !’ चलेको चर्चाअनुसार रणविर कपुरले आलियालाई जान सल्लाह दिए पनि आलियाले आफैं उक्त पार्टीमा सहभागी नहुने निर्णय लिएकी थिइन् । ब्रेकअपपछि निरन्तर टाढिएका सिद्धार्थ र आलिया एक–अर्कासँग बोल्न छाडिसकेका छन् । विभिन्न सभा–समारोहमा भेट हुँदासमेत आलियाले सिद्धार्थलाई नदेखे झैं गर्ने बताइन्छ । 

प्रकाशित :माघ १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्