दाल भात तरकारीको भिजिट भिसा सार्वजनिक

- साप्ताहिक संवाददाता

माघ १३, २०७५

नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’को पहिलो गीत सार्वजनिक गरिएको छ । महसञ्चारको प्रस्तुती चलचित्र ‘दाल भात तरकारी’को ‘भिजिट भिसा’ बोलको  गीत यसै साता सार्वजनिक गरिएको हो । 

हरिवंश आचार्यको शब्द रहेको गीतमा संगीत सम्भुजित बाँस्कोटाले भरेका छन् । स्वर अञ्जु पन्त र निशान भट्टराईको छ । 

गीतको भिडियोमा हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा लगायतका कालाकार फिचर्ड छन् । बैखाख १३ गते रिलिज हुने चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

भिजिट भिसाको भिडियो :

 

प्रकाशित :माघ १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्