सारेगमपको लिटिल च्याम्प्समा

- साप्ताहिक संवाददाता

माघ १२, २०७५

इटहरीका प्रितम आचार्य जी टिभिबाट प्रसारण भैरहेको रियालिटी शो सारेगमप लिटिल च्याम्प्स–२०१९ को उत्कृष्ट ३० भित्र पर्न सफल भएका छन् । यसै साता दुई दिनका लागि आफ्नो घर इटहरी फर्किएका प्रितमलाई इटहरी उपमहानगरपालिकामा मेयर द्वारिकालाल चौधरीसहित स्थानीय बासिन्दाले स्वागत तथा सम्मान गरे ।

उक्त अवसरमा आचार्यले आफूले सबैको साथ र माया पाउने विश्वास लिएको बताएका छन् । स्वागतका क्रममा आचार्यले भने, ‘सांगीतिक क्षेत्रमा धेरै गर्न बाँकी छ, तर जति सक्छु देशको शिर उच्च गर्ने प्रयास गर्नेछु, अब अर्को राउण्डमा पनि नेपालको नाम राखेर फर्कन्छु ।’ 

सारेगमपा लिटिल च्याम्प्सको टप ३० सम्म पुगेका प्रितमको गायन समाबेश गरेर जी टिभीले सार्वजनिक गरेको प्रोमो यतिबेला भाइरल भैरहेको छ । प्रितमले यो प्रतिस्पर्धाको अडिसनमा चार्ट बस्टर पर्फर्मरको उपाधिसँगै रजत पदकसमेत प्राप्त गरेका थिए । इटहरीको आदर्श विद्यालयमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय आचार्यको दुई दिनको इटहरी बसाइका क्रममा सँगै आएको जी टिभी युनिटले आचार्यको घरपरिवार आदिको भिडियो सुट गरेको थियो । 

प्रकाशित :माघ १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्