नेपाल आइडलका सुरज थापाको आएन परदेशी

- साप्ताहिक संवाददाता

माघ १२, २०७५

 

नेपाल आइडलको पहिलो सिजनका प्रतिस्पर्धि हुन् सुरज थापा । उनले आईडलमा टप ६ सम्मको यात्रा तय गरेका थिए । त्यसपछि उनी विभिन्न कारणले चर्चामा रहे । उनै सुरजलै हालै एक गीत सार्वजनिक गरेका छन् । 

उनले आफैले लेखेको गीतमा आफैले संगीत भरेर सार्वजनिक गरेको उक्त गीत अहिले लोकप्रिय बन्दै गएको छ । ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै  उनी निर्देशक समेत बनेका छन् ।

लाखौ बिदेशिएका नेपालीहरुको यथार्थ जीवनलाई चित्रण गर्दै गायक थापाले निर्देशकीय पाटो पनि अब्बल देखाएका छन ।

भिडियोमा उत्तम हुमागाईंको छायांकन, बिकाश दाहालको सम्पदान र चन्द्र बहादुर थापाको कथा रहेको छ ।

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :माघ १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्