नियमित यौनसम्पर्क र गर्भ रहने डर

- डा.बालकृष्ण शाह

माघ ११, २०७५

म २१ वर्षकी भएँ । मेरो अध्ययन सकिएको छैन । अध्ययनका कारणले विवाह गरेकी छैन । विगत केही समयदेखि मेरो केटासाथीसँग कहिलेकाहीं यौनसम्पर्क हुने गरेको छ । अध्ययनपछि उसैसँग विवाह हुने निश्चित छ । अहिलेसम्म परिवार नियोजनका कुनै साधन प्रयोग गरेकी छैन र गर्भवती पनि भएकी छैन । मलाई परिवार नियोजनका साधन प्रयोग गर्न मन छैन । उहाँलाई पनि कन्डम मन पर्दैन, गर्भ रहे विवाह गरुँला भन्नुहुन्छ, तर मलाई डर लागिरहन्छ । गर्भ रहन नदिने अर्को कुनै उपाय छ ?            

                                                                                            वाई. 

परिवार नियोजनको साधन प्रयोग नगर्ने अनि गर्भ पनि नचाहिने हो भने त्यसका लागि यौनसम्पर्क नै नगर्नु सबैभन्दा राम्रो उपाय हो । यसबाहेक प्राकृतिक उपायहरू अपनाउन सकिन्छ । नियमित २८–३० दिनमा महिनावारी हुने महिलामा समान्यत: महिनावारी सुरु भएको ९ देखि १९ दिनसम्मको समयलाई असुरक्षित समय भनिन्छ । 

उक्त अवधिबाहेकको समय अर्थात् ४ देखि ९ तथा २० देखि २८ दिनसम्म मात्र यौनसम्पर्क राख्नाले गर्भ रहने सम्भावना कम हुन्छ । त्यस्तै वीर्य स्खलन गर्दा योनिमार्ग बाहिर गर्ने जस्ता प्राकृतिक उपाय प्रयोग गर्न सकिन्छ, तर यसमा पूर्ण रूपले भर पर्न भने सकिँदैन । 

कहिलेकाहीं आकस्मिक गर्भनिरोधक चक्की (आईपील, आईकन, ७२ घण्टे) पनि प्रयोग गर्न सकिन्छ । यद्यपि नियमित रूपमा गर्भनिरोधक आकस्मिक चक्की प्रयोग गरे महिनावारीमा गडबडी सिर्जना हुनसक्छ ।

प्रकाशित :माघ ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्