मख्ख सारा

- साप्ताहिक संवाददाता

माघ ११, २०७५

२०१८ मा सबैभन्दा बढी चर्चा जाहन्वी कपुर तथा सारा अली खानको भयो । वर्षको अन्तिममा प्रदर्शनमा आए— केदारनाथ तथा सिम्बा । यी दुवै चलचित्रकी अभिनेत्री हुन्— सारा अलि खान । पहिलो कदममै दुईवटा हिट चलचित्र दिएपछि सारा यतिबेला मख्ख छिन् ।

बलिउड पण्डितहरूले गरेको प्रशंसाले पनि सारालाई उत्साहित तुल्याएको छ । समीक्षकहरूले २०१८ को उत्कृष्ट डेब्यु एवार्ड साराले नै पाउनुपर्ने धारणा व्यक्त गरेका छन् । बलिउडका हस्तीहरूले पनि सारालाई लामो रेसको घोडाको संज्ञा दिएका छन् ।

केदारनाथमा लामो भूमिका भए पनि सिम्बामा भने उनको भूमिका निकै छोटो थियो । यद्यपि उनी त्यसमा दर्शकको ध्यान आफूतर्फ तान्न सफल भएकी छिन् । 

प्रकाशित :माघ ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्