विश्राम लिँदै ब्रिट्नी 

- साप्ताहिक संवाददाता

माघ १०, २०७५

पप गायिका ब्रिट्नी स्पेयर्सले आफ्ना बुवाको स्वास्थका कारण आफूले केही समय सांगीतिक क्षेत्रबाट विश्राम लिने घोषणा गरेकी छिन् । उनले यो विश्रामलाई अनिश्चितकालीन भनेकी छिन् ।

आगामी महिना अमेरिकाको लस भेगासमा प्रस्तुत हुने डोमिनेसन शीर्षकको कन्सर्टको तयारीमा जुटेकी यी गायिकाले बुवाको स्वास्थ अवस्था बिग्रिएकै कारण उक्त कन्सर्ट पनि स्थगित गरेको बताएकी छिन् । 

आफ्नो सम्पूर्ण ध्यान र शक्ति परिवारको हेरचाहमा लगाउने घोषणा गरेकी ३७ वर्षीया यी गायिकाले अबको केही समय परिवारका सदस्यहरूसँग मात्र बिताउने उल्लेख गरेकी छिन् । 

ब्रिट्नीका बुवा विगत केही महिनादेखि एउटा गम्भीर रोगबाट ग्रस्त छन् । ब्रिट्नीले सामाजिक सञ्जालमार्फत बुवाको करिब–करिब निधन भैसकेको उल्लेख गरेकी छिन् । केही दिनअघि मात्र अस्पतालबाट डिस्चार्ज गरिएका ब्रिट्नीका बुवा हाल घरमै स्वास्थलाभ गरिरहेका छन् । 

प्रकाशित :माघ १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्