गिरी र अधिकारीबीच फिल्मको औपचारिक सम्झौता

- साप्ताहिक संवाददाता

माघ १०, २०७५

‘छक्का पञ्जा’ सिरिज निर्माण गर्दै आएको आमा सरवती मुभिज र रोहित अधिकारी फिल्मस बीच औपचारिक सम्झौता भएको छ ।  चलचित्रमा कस्ले अभिनय गर्ने, कहिलेबाट फ्लोरमा जाने र चलचित्रको नाम के राख्ने भनेर निर्माण टिमले कुनै कुरा सार्वजनिक गरिएकउो छैन् । तर, चलचित्र आगामी दसैंमा रिलिज हुने मिति भने सार्वजनिक गरिएको छ ।

‘छक्का पञ्जा’ सिरिज निर्माण गर्दै आएको आमा सरवती मुभिज र रोहित अधिकारी फिल्मस बीच औपचारिक सम्झौता भएको छ । केहि समय अघिनै यि दुईको सयुक्त व्यानरमा चलचित्र निर्माण हुने खबर सार्वजनिक भएको थियो । सोही सहकार्यलाई बुधबार औपचारिक रुपमा सम्झौता गरिएको हो । 

रोहित अधिकारी र दीपकराज गिरीको सहकार्यबाट निर्माण हुन लागेको उक्त चलचित्र निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् । आमा सरवती मुभिज र रोहित अधिकारी फिल्मस्ले निर्देशक लामासँग अनुबन्धको सम्झौता गरेका छन् । 

यो चलचित्रमा कस्ले अभिनय गर्ने, कहिलेबाट फ्लोरमा जाने र चलचित्रको नाम के राख्ने भनेर निर्माण टिमले कुनै कुरा सार्वजनिक गरिएकउो छैन् । तर, चलचित्र आगामी दसैंमा रिलिज हुने मिति भने सार्वजनिक गरिएको छ । 

रोहित र दीपकराजको टिममा सहकार्य गर्न पुगेका निर्देशक लामाले निर्देशन गरेको चलचित्र ‘गोपी’ यही माघ १८ गते रिलिज हुँदैछ ।

प्रकाशित :माघ १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्