रामकृष्ण ढकालको प्रेमिल गीत सार्वजनिक

- साप्ताहिक संवाददाता

माघ ९, २०७५

लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ  गीत सार्वजनिक भएको छ । ‘पूर्णिमाको जुन’ बोलको सार्वजनिक गीतमा हरि लम्सालले संगीत भरेका छन् । उक्त गीत हसिकुमार(हरिकुमार सिलवाल)ले लेखेका हुन् । 

आफ्नो गीतका बारेमा गीतकार हसिकुमारले भनेका छन्–‘मलाई प्रायजसो प्रेमीले प्रेमिकालाई जुन, फूल भनेर तुलना गर्दा मलाई खल्लो लाग्छ । यसैले मैले यो गीतमा प्रेमीकालाई अरु नै विशेषण दिएको छु ।’ उनले गीतले दर्शकलाई प्रेमको महशुश गराउने बताए ।

नितिन चन्दले निर्देशन गरेको गीतको भिडियोमा दिपेन बस्न्यातको सम्पादन, सुरेश नेपालीको छायांकन रहेको छ । भिडियोमा रामकृष्ण ढकाल र सिमा पन्थीले अभिनय गरेका छन्  ।

गीतको म्यूजिक भिडियो :

प्रकाशित :माघ ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्