दोस्रो पटक हनिमुन

- साप्ताहिक संवाददाता

माघ ७, २०७५

प्रियंका चोपडा विवाहपछि आफ्ना श्रीमान्सँग निकै इन्जोय गरिरहेकी छिन् । उनी अहिले आफूहरूको घुमघामका विभिन्न तस्बिर सेयर गरिरहेकी छिन् । विवाहलगत्तै खाडी मुलुकमा हनिमुन मनाएर फर्किएको यो जोडी पुन: दोस्रो पटक हनिमुनका लागि क्यारेबियन क्षेत्र पुगेको छ । 

उनीहरूको यसपटकको हनिमुनलाई पनि मिडियाले समाचार बनाएका छन् । यसअघि प्रियंकाले एक अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवन तथा श्रीमान् निक जोन्सबारेमा केही खुलासासमेत गरेकी थिइन् । 

भोगको जनवरीको अंकका लागि फोटोसुटसँगै दिएको अन्तर्वार्तामा प्रियंकाले भनेकी छिन्, ‘उनी निकै शान्त र प्यारा छन् अनि मेरो निकै केयर गर्छन् ।’ प्रियंका अब तेस्रो पटक हनिमुनका लागि कतै जान्छिन् कि जाँदिनन् ? त्यो भने हेर्न बाँकी नै छ ।

प्रकाशित :माघ ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्