पारिश्रमिक नपाउनेहरू 

- साप्ताहिक संवाददाता

माघ ६, २०७५

नेपाली चलचित्रमा अभिनय गर्ने कलाकार तथा काम गर्ने प्राविधिकहरूले पारिश्रमिक नपाउने गुनासो प्राय: सुनिरहन्छ । विगतमा यस्ता गुनासा अझ बढी सुनिन्थ्यो, अहिले अलि कम छ । अहिले एउटा ठूलो ब्यानरको चलचित्रमा काम गरेका अभिनेतादेखि संगीतकारसम्मले पारिश्रमिक नपाएको गुनासो सार्वजनिक भएको छ । 

गोपीकृष्ण मुभिज तथा आरोही इन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्र ‘रोज’ प्रदर्शन भैसकेको छ, तर अभिनेता प्रदीप खड्कादेखि संगीतकार एसिल कार्कीसम्मले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । अभिनेता खड्काले सम्झौता गरिएअनुसारको पूरै पारिश्रमिक पाएका छैनन् । 

२५ लाख रुपैयाँमा अनुबन्ध भएका खड्काले १५ लाख रुपैयाँमात्र पाएका छन् । अभिनेता कर्मा, संगीतकार एलिस कार्की, सह–अभिनेता वरुणशमशेर राणा, सम्पादक श्रीकृष्ण श्रेष्ठ आदिले समेत उक्त चलचित्रबाट पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

प्रकाशित :माघ ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्