देशको नाम राख्नेहरूले नै गुमनाम जीवन बिताउनुपर्ने बाध्यता छ 

- साप्ताहिक संवाददाता

माघ ५, २०७५

सरकारको सहयोग बिना आफ्नै बलबुतामा विश्वस्तरीय प्रतियोगिता जित्नु चानचुने कुरा होइन । (विश्वविजेता) राजनीति सप्रन नसकिरहेका बेला महेश्वर महर्जनजस्ता मेहनतीले बेला–बेला देशको नाम राखेर नेपालीहरूलाई खुसी तुल्याउँछन् । उनले पदक ल्याएको मात्र होइन, एउटा इतिहास पनि रचेका हुन् । यस्ता प्रतिभालाई सरकारले सम्मान र हौसला दिनुपर्छ । देशको नाम विश्वसामु फैलाएका महर्जनको जीवनवृत्तिमा सरकारको ध्यान जाओस् ।

मनीषा खत्री

देशको नाम राख्नेहरूले नै गुमनाम जीवन बिताउनुपर्ने बाध्यता छ । (विश्व विजेता) जो देशकै ढुकुटी रित्याउने काममा अगाडि छन् तिनकै अनेक ढंगले सम्मान गरिन्छ हाम्रो नेपालमा ।

विमल खनाल

ज्योति अनि मुकुन्देहरू चर्चामा आउने देशमा विश्व विजेतालाई कसैले चिनेनन् । (विश्वविजेता) अब यिनलाई राज्यले सम्मान गर्नुपर्छ ।

रमेश खत्री

सरकारले नेपालको नाम कमाउनेलाई भन्दा नाम गुमाउने भ्रष्टाचारी, बलात्कारी आदिलाई संरक्षण गर्छ । (विश्वविजेता) अब त सुध्र सरकार ।

रमेश चापागाइ

बिरामीले औषधि खाएन भने डक्टरको केही अर्थ हुँदैन । (अघि–अघि शंकर पछि–पछि विष्णु) त्यसैगरी पीडित मानिस जबसम्म आफैं आफ्ना लागि आवाज उठाउन अघि बढ्दैन तबसम्म अरूको प्रयास प्रयासमै सीमित रहन्छ ।

चन्दा लामा

सालको पात टपरी हुने हे बरै यो जमानामा यस्तोचाहिँ अलि नहुने । (अघि–अघि शंकर पछि–पछि विष्णु) विचरा विष्णु माझीको जिन्दगी †

एस वाग्ले 

म र मेरी आमाजस्तै लाग्यो । (जाडो, बा र म) मेरी आमाको जाँगर र फुर्तिलोपन त ममा जुनीभरि नै आउँदैन जस्तो लाग्छ । उहिलेका मान्छे साह्रै तगडा र मनकारी हुन् ।

एम.डी. राई

सुबिन भट्टराई मलाई मन पर्ने लेखक हुन् । (जाडो, बा र म) उनको कृति पढ्दा आफूलाई त्यही दुनियाँमा पुगेको फिल हुन्छ, म उपन्यास पढेर रोएको समर लभ अनि साया पनि हो ।

नीलिमा ठकुरी

देश संघीयतामा जाने क्रममा कर्मचारीको संख्या बढ्दै गएको छ । (सरकारी जागिरमा मोह) पछिल्लो समयमा दक्ष युवाहरूको प्रवेशले सरकारी कर्मचारी प्रशासनमा लागेको अक्षमताको दाग मेटिएला भन्ने विश्वास बढेको छ । 

आकृति पुडासैनी 

नयाँ वर्षको पहिलो दिन नै अन्तरिक्षमा नयाँ यान पुगेको समाचारले खुसी तुल्यायो । यसले आगामी वर्षको वैज्ञानिक बाटो शुभ रहेको संकेत गर्छ । 

प्रनिस मगर

कालिज रेस्टुरेन्ट खुलेको कुरा सुनेर मन प्रसन्न भयो । गैहाल्यौ जस्तो पो लाग्यो । 

आस्था खड्का

देश संघीयतामा गएसँगै प्रदेश नम्बर १ को राजधानी विराटनगरमा प्रदेश स्तरीय रोबोट प्रदर्शनी सम्पन्न भयो । (विराटनगरमा रोबोटको भिडन्त) यसले प्रतिभाहरूलाई तल्लो तहबाटै समेट्नुका साथै हौसलासमेत प्रदान गर्छ । 

सरस्वती थापा

गायक स्वप्न सुमन गहिरो प्रेममा परेका रहेनछन् । (गहिरो प्रेममा परेको छैन) मलाई उनको गायन खुबै मन पर्छ र उनीसँग गहिरो प्रेममा पर्न मन छ । 

अस्मि

अहिले गीतहरू वर्षाको खहरेजस्तो आएका छन् । (युट्युबमा भाइरल भएका दुई गीत) गीत जीवन्त हुन सदावहार हुनुपर्छ । 

रमेश 

पैसा भएपछि जे पनि हुन्छ । रुसकी तरुनीले  मलेसियाका बुढा सुल्तानलाई आफ्ना पतिका रूपमा स्वीकार गर्नुको कारण पनि पैसा नै हो ।  

सरुन महर्जन

प्रकाशित :माघ ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्