भक्का दिवस मनाइयो
माघ ५, २०७५
चामलको पीठोबाट तयार पारिने राजवंशी समुदायको लोकप्रिय परिकार भाक्काको बजारीकरण गर्न झापामा भक्का दिवस मनाइएको छ ।
पूर्वी तराईका आदिवासी राजवंशी, ताजपुरिया समुदायले खाजाका रूपमा खाने भक्काको संरक्षण एवं व्यवसायीकरण गर्ने उद्देश्यले पुस २९ गते भक्का दिवसमा मनाइन थालिएको आयोजक कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए ।
जिल्लाको कन्काई नगरपालिका वडा नम्बर ९ घैलाडुब्बामा सञ्चालित उक्त भक्का दिवसलाई कोचिला गाभुर फ्रन्टसहित कोच केन्द्र तथा आदिवासी जनजाति महासंघले संयोजन गरेका थिए ।
विष्णु सुब्बा
प्रकाशित :माघ ५, २०७५
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्