वृत्तचित्र टु द एभरेस्ट एन्ड वियोन्ड

- साप्ताहिक संवाददाता

माघ ५, २०७५

सगरमाथा आरोहण अभियानमा केन्द्रित भएर निर्माण गरिएको वृत्तचित्र टु द एभरेस्ट एन्ड वियोन्ड थाइल्यान्डमा सञ्चालन हुने एसियाली लघु चलचित्र प्रतिस्पर्धाको अन्तिम चरणमा छनौट भएको छ । उक्त वृत्तचित्र विभिन्न चार चरणको छनौट प्रक्रियापछि अन्तिम १२ मा पर्न सफल भएको हो । लागूपदार्थ प्रयोगकर्ताहरूको एसियाली संजाल एएनपीयूडीले आयोजना गरेको प्रतियोगितामा नेपाललगायत १६ वटा एसियाली मुलुकको सहभागिता थियो ।

पोखराका वृत्तचित्र निर्माता तथा कलाकार विष्णु प्रसाद गौतमले निर्माण/ निर्देशन गरेको वृत्तचित्र टु द एभरेस्ट एन्ड वियोन्ड पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा एचआईभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण अभियानमा केन्द्रित भएको निर्देशक गौतमले जानकारी दिए । 

२०४२ सालको राष्ट्रिय फुटबल टिमका प्रमुख डिफेन्स गोपाल लागूपदार्थ प्रयोगका कारण राष्ट्रिय टिमका साथै लिग गेमवाट समेत निष्कासित भए । त्यसपछि उनी आफ्नै घर पोखरा फर्किए । परिवार, समाज र आफन्त सबैले लागूपदार्थ प्रयोगकर्तालाई तेस्रो दर्जाका रूपमा हेरेपछि उनमा मानसिक समस्या बढ्यो र त्यस क्रममा उनले बजारमा पाइने सबै खालका लागूपदार्थ प्रयोग गरे ।

अन्तत: उनी एचआईभीबाट संक्रमित भए । २५ वर्षपहिले डक्टरले तीन महिनाभित्र मर्ने भनिएका गोपाल यही आउँदो वैशाखमा सगरमाथा आरोहण गर्ने अभियानमा छन् । यही कथामा वास्तविक दृश्यहरूको समायोजन गरी यो वृत्तचित्र निर्माण गरिएको बताइन्छ ।

प्रकाशित :माघ ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्