प्रेम र लीलाको मिलन बिछोडको कथा ट्रेलरमा

- साप्ताहिक संवाददाता

माघ ५, २०७५

 

चलचित्र ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । प्रेमकथामा आधारित चलचित्रको ट्रेलरमा प्रेम भित्रको अनेक लिला समेटिएको छ । 

अन्तर्देशीय प्रेमकथा समेटिएको चलचित्रको ट्रेलरमा अभिनेत्री दिपशिखा खड्का र अभिनेता अली खान बिचको मिलन बिछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा अभिनेत्री खड्काका दुई रुप देख्न सकिन्छ । एकातिर उनी प्रेममा भएको धोकाको बदला लिने युवतीको रुपमा देखिएकी छिन् भने अर्को तिर अभिनेता मौसम खड्कासँग रोमान्टिक बनेकी छिन् ।

 

कार्यक्रममा बोल्दै दिपशिखा खड्काले चलचित्र निर्माण गर्नु निकै गाह्रो रहेको बताइन् । ‘हरेक कलाकारले एकचोटी चलचित्र निर्माण गर्नुपर्छ अनी बल्ल निर्माताको सास्ती बुझिँदो रहेछ’, खड्काको भनाई थियो । आफु महिला निर्मात्री भएकै कारण चलचित्र निर्माणको क्रमका निकै सास्ती बेहोर्नु परेको उनले सुनाइन् ।  

पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा. कृष्णहरी बराल र डा. सागरको रहेको छ ।

चलचित्रमा दीपशिखा, अलि र मौसमसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । अभिनेत्री खड्काकै कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रको ट्रेलर :

प्रकाशित :माघ ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्