नेयमारले फेला पारे नयाँ गर्लफ्रेन्ड 

- साप्ताहिक संवाददाता

माघ ४, २०७५

ब्राजिलियन फुटबलर नेयमारका लागि वर्ष २०१८ का दिन सुखद रहेनन् । पीएसजी क्लबबाट खेल्ने नेयमारले गत अक्टोबरमा ब्रुनो माक्विजिनसँगको सम्बन्ध समाप्त भएको बताएका थिए । माक्विजिनसँग नेयमारको सम्बन्ध विगत ६ बर्ष यता चल्दै आएको थियो ।

अहिले उनी २० वर्षीया ब्राजिलियन मोडल मेरी टाभर्ससँग रमाइरहेका छन् । मेरी ब्राजिलकी प्रतिष्ठित मोडलमध्ये एक हुन् । उनीहरू साथै रमाएका तस्बिर सोसल मिडियामा भाइरल भएका छन् । एक तस्बिरमा उनीहरू होटलको स्वीमिङ पुल नजिक भएको पार्टीमा देखिन्छन् ।

यसबाट नेयमारले नयाँ गर्लफ्रेन्ड फेला पारेको अनुमान लगाउन गार्‍हो छैन । नेयमारकी पूर्वप्रेमिका माक्विजीले भने नेयमारकै कारण उनीहरूको सम्बन्ध विच्छेद भएको कुरा बताएकी छिन् । 

प्रकाशित :माघ ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्